तपाईँ सुन्दै हुनुहुन्छः

लमहीमा पहिलो पटक नाक,कान र घाँटीको विशेषज्ञ सेवा शुरु

दाङ । लुम्बिनी प्रदेशको राजधानी लमहीमा पहिलो पटक नाक,कान र घाँटीको विशेषज्ञ सेवा शुरु भएको छ ।

नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्ज दाङले वुधवार देखि लमही आँखा अस्पतालबाट उक्त सेवा शुरु गरेको छ।

दाङको तुलसीपुर, लमही र बहादुरगञ्जवाट आखाँकाे उपचार शुरु गरिरहेको नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्जले नाक, कान र घाटीको उपचार देउखुरी वाट पुर्‍याउने उद्देश्यले सेवा शुरु गरेको उपसभापति रेशम बहादुर खड्काले जानकारी दिनु भयाे ।

वुधवार एक कार्यक्रमका बिच लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ उपचार सेवाको शुभारम्भ गर्नु भएको हाे ।

अव नाक, कान, घाँटीको अस्पताल बनाउन स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख चौधरीले व्यक्त गर्नु भयो ।

अस्पतालबाट डाक्टर सुदिपराज भण्डारी, डाक्टर आशिष खड्कीको टिमले नियमित सेवा दिनु हुने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button