चियापान समारोह दलहरुबीच समझदारी बनाउने माध्यम : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच विश्वासको वातावरण बन्दै गएको बताउनुभएको छ ।
दशै, तिहार, नेपाल संवत् एवं छठ पर्वका अवसरमा नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री प्रचण्डले आफूले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको बताउनुहुँदै पछिल्लो पहल सकारात्मक भएकाले शान्ति प्रक्रिया पीडितलाई ध्यानमा राखेर चाँडै नै टुङ्ग्याइने विषयमा दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
चियापान समारोहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुनुभएको थियो ।
त्यसैगरी रास्वपाका सभापति रवि लामिछाने, नेताहरू महन्त ठाकुर, राजेन्द्र महतोलगायत चियापान समारोहमा भाग लिन एमाले मुख्यालय च्यासलमा पुग्नुभएको थियो ।
चियापान समारोहमा नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधि, एमाले नेता, कार्यकर्ता, उद्योगी व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्