तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । 

राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।

राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न एक बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button