खेलकुदलाई सफल बनाउन राज्यले संरक्षण गर्नुपर्छ : अर्थमन्त्री मास्की
दाङ। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारले सबै खाले खेलकुद लागि कार्यक्रम तथा बजेट विनियोजन गरेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश हाप्किडो सङ्घको आयोजनामा आइतबार देखि दाङमा प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनारको उद्घाटन कार्यक्रममा वाेल्दैअर्थमन्त्री मास्किले यस्तो बताउनुभएको हाे ।
अर्थमन्त्री मास्किले एउटा खेलाडीले आफ्नो सम्पुर्ण उमेर खेल जगतकाे माध्यमबाट राष्ट्रका लागि समर्पित गरेको हुन्छ उसकाे जीवनकाे पनि राज्यले संरक्षण गर्नु दायित्व भएको बताउनुभयो ।
अर्थमन्त्री मास्कीले खेलकुदको संरक्षण सँगै राज्यको तर्फबाट कार्यक्रम तथा योजना बनाएर सेवा सुविधा दिँदै खेललाई प्रशंसनीय कार्यको रुपमा अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो ।
खेलकुद विकासका लागि संघीय सरकारमा युवा तथा खेलकुद मन्त्रालय र प्रदेशमा सामाजिक विकास मन्त्रालय रहेको बताउँदै अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेश भित्रका सबै खेलकुदलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यता एवम् नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा सेमिनार सुरु भएको छ ।
सेमिनारमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ सय २० जना सिनियर प्रशिक्षकहरूको सहभागिता रहेको छ । ५ दिन सम्म चल्ने सेमिनारको प्रशिक्षकमा नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रबिन गुरुङ रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्