तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मुख्यमन्त्री कोहलपुर गोल्डकप कार्तिक १५ देखि सुरु हुने

बाँके । बाँकेको कोहलपुरमा कार्तिक १५ गतेदेखि मुख्य मन्त्री कोहलपुर गोल्ड कपको आयोजना हुने भएको छ ।

रेसिङ्ग सहारा क्लब कोहलपुरको आयोजनामा हुने कोहलपुर गोल्डकप कार्तिक २२ गतेसम्म कोहलपुरको २३ विगाह खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

आठ टिमले सहभागिता जनाउने फुटबल खेलमा कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके, चर्च ब्वाईज युनाईटेड काठमाडौँ, गोरखा ब्वाईज स्पोट्स क्लब बुटवल, सुदूरपश्चिम ११ स्पोट्स क्लब धनगढी, त्रिभुवन आर्मी क्लब काठमाडौँ, बि.एफ.सि. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोट्स क्लब सिन्धुलीले सहभागिता जनाउने छन् ।

नक आउटका आधारमा खेलिने खेलमा सर्वोत्कृष्ट हुने टिमले आठ लाख रुपैयाँ र मेडल पाउने छन् भने उपविजेताले ४ लाख नगदसहित मेडल पाउनेछन् । उत्कृष्ट खेलाडीलाई भने स्कुटर प्रदान गरिने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

मुख्य प्रायोजक नेपाल टेलिकम दूरसञ्चार कार्यालय रहेको उक्त गोल्ड कपको संरक्षक कोहलपुर नगरपालिका रहेको छ । अघिल्लो वर्षको टुर्नामेन्टलाई मध्यनजर गर्दै यस वर्षको व्यवस्थापनलाई चुस्तदुरुस्त पार्दै प्याराफिट निर्माण गरि दर्शकहरूलाई टिकट वितरण गरि खेल हेर्न पाउने व्यवस्था गरिएको क्लबका सचिव नवकिरण शाहले बताउनुभयो । उहाँका अनुसार २५०० देखि ३ हजार जनाले प्याराफिटमा बसेर हेर्न सक्नेछन्। जसको टिकट दर १०० रुपैयाँ तोकिएको छ भने नन प्याराफिटका लागि रु ५० रुपैयाँ टिकट दर तोकिएको छ ।

करिब ७६ लाख ६ हजार खर्च अनुमानित गरिएको दोस्रो पटक आयोजना हुन लागेको कोहलपुर गोल्ड कपमा कोहलपुर नगरपालिकाले २० लाख सहयोग गर्ने भएको छ भने मुख्यमन्त्रीको कार्यालयबाट भने रकम तोकिनसकिएको जानकारी गराइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button