कोशी प्रदेश : दशैं अवधिमा सवारी दुर्घटनाबाट १६ जनाको मृत्यु
सुनसरी । दशैंको समयमा कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि १६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टा«फिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बडा दशैं अन्तरगत फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमाको अघिल्लो दिनसम्म कोशी प्रदेशका विभिन्न स्थानमा एका १ सय ३५ सवारी दुर्घटनामा परि १६ जनाको मृत्यु भएको हो ।

अघिल्लो वर्षको तुलनामा दुर्घटना सङ्ख्यामा कमी आए पनि मानिस मृत्यु सङ्ख्या भने समान रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका ट्राफिक प्रहरी नायव उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।
उहाँले गत वर्ष यही अवधिमा १ सय ८० वटा सवारी दुर्घटना भएको र १६ जनाले ज्यान गुमाएकोमा यस वर्ष १ सय ३५ दुर्घटनामा १६ जनाले ज्यान गुमाएको बताउनुभयो ।
फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म भएका सवारी दुर्घटनामा ४१ जना गम्भीर घाइते भएको र २ सय २४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्