पोखराको पुम्दीभुम्दीमा नगर बस दुर्घटना, ३५ जना घाइते

कास्की । पोखरा २२ पुम्दीभुम्दीको घैया खेतमा नगर बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको बस दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरी गण्डकी अस्पताल ल्याउने तयारी गरिएको कास्की प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिनु भयो ।
पोखरा १७ छोरेपाटबाट शान्ती स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर पोखरा २२ जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाट्न देखि ५०० मिटर माथि घैयाखेत एरियामा भिर बाट लगभग २० मिटर तल खसेको जनाइएको छ ।

घैया खेतमा बस खसेको खबर आएको छ । उद्धारको लागी वैदाम प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको विकले बताउनु भयो । घाइतेहरूलाई अस्पताल ल्याउने तयारी गरिएको छ । थप विवरण आउन वाकी छ ।









प्रतिक्रिया राख्नुहोस्