यस्तो छ राष्ट्रसंघका महासचिवको आइतबारको भ्रमण तालिका

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस भोलि आइतबार बिहान नेपालको चार दिने भ्रमणमा आउँदै हुनुहुन्छ ।
नेपाल भ्रमणको पहिलो दिन भोलि राष्ट्रसंघका महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
महासचिव गुटेरेसले भोलि नै उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खडका र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउद, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।
यसैगरी, राष्ट्रसंघका महासचिव गुटेरेसले भोलि नै ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।
महासचिव गुटेरेसको सम्मानमा भोलि प्रधानमन्त्री प्रचण्डले रात्रीभोजको आयोजना गर्नुहुने छ ।







प्रतिक्रिया राख्नुहोस्