तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री साउद आइतबार अमेरिकाको औपचारिक भ्रमणमा जानुहुने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद पर्सि आइतबार अमेरिकाको औपचारिक  भ्रमणमा जानुहुने भएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङ्टन डिसीमा भेटवार्ता गर्नुहुने छ ।

त्यसपछि संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुने छ ।

परराष्ट्रमन्त्री साउद  कात्तिक १९ गते काठमाडौँ फर्कनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button