डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन
बैतडी । डिलाशैनी गाउँपालिका बैतडीका निवर्तमान अध्यक्ष उकेन्द्र बहादुर बोहराको ४५ वर्षको अल्पायुमै निधन भएको छ । उहाँको बिहीबार क्षयरोग(टिबी)का कारण मृत्यु भएको हो ।

डडेल्धुरा अस्पतालमा खकार चेक गराउँदा उहाँमा क्षयरोग पोजेटिभ देखिएको थियो । असोज ३० गते राति ११ बजे उहाँलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालका लागि रेफर गरियो । धनगढी पुग्ने बित्तिकै आइसियुमा उपचार सुरु गरिएकोमा ७ कार्तिकमा भने भेन्टिलेटरमा राखिएको थियो ।
भेन्टिलेटरमा राखिएकै अवस्थामा बिहीबार बोहराको निधन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्