तपाईँ सुन्दै हुनुहुन्छः

‘एमालेलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आवश्यक’

दाङ । दाङ–नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै एमालेको नेतृत्वमा एक्लै बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउने बताउनुभएको छ ।

दाङको लमहीमा राष्ट्रिय पर्वहरूको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले देशमा देखिएको अस्थिरताबाट निकास दिन एमालेलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको र त्यस दिशामा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन मिसन ८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button