तपाईँ सुन्दै हुनुहुन्छः

‘देश बनाउन सबैको सङ्कल्प आवश्यक छ’ : उपसभामुख

दमक I प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याउनुभयो । 

देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताउनुभयो । देशप्रतिको माया, लगानी हुनसकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उहाँको भनाइ थियो । 

एक प्रसङ्गमा देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख रानामगरको असन्तुष्ट थियो । उहाँ भन्नुहुन्छ, “यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सबैको ध्यान जानुपर्छ ।”

गृह जिल्ला झापादेखि काठमाडौँ फर्किने क्रममा उपसभामुख रानामगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय सङ्कल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।  

कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झन्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरो पीडित पदम कार्कीले बताउनुभयो । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको थियो । उक्त पहिरोकै कारण पूर्ण गाउँमा रहेको बराह ताल पूर्णपुरमा बगर बनेको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई वटा मन्दिरमा क्षति पुगेको छ । 

त्यसैगरी मल्लाजहुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडक पूर्णपुरमा क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार यस वर्षको वर्षायाममा जिल्लाभर २७ वटा घरमा क्षति पुगेका छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button