तपाईँ सुन्दै हुनुहुन्छः

आज प्रसिद्ध उग्रतारामा महाअष्टमी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज महाअष्टमी पर्व मनाईन लागेको छ । 

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका वडा नं ८ को दशरथ चन्द राजमार्ग सँगै सुन्दर डाँडामा रहेको उक्त मन्दिरमा दर्शन गर्न डडेल्धुरा लगायत देश तथा विदेशबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका उग्रतारा क्षेत्र बिकास समिति डडेल्धुराका अध्यक्ष तेजबहादुर साँकीले बताउनु भयो । साँकीले पूजाका लागि भाकल गरेका राँगा,तथा बोकाहरू समेत बलिदिइने भएकाले बाजागाजाका साथ मेलाको रौनक बढेको बताउनु भयो । 

उग्रतारा मन्दिरका मुल पुजारी दयाकृश्ण भट्टले वर्षमा उग्रतारामा धेरै पटक मेला लाग्ने गरेको भएपनी दशैँको महाअष्टमी र कार्तिक शुक्ल पूर्णिमाको भोली पल्ट लाग्ने देहीजाँत मेलामा बढी भक्तजन हुने बताउनु भयो ।  

कुनैकाल खण्डमा यस मन्दिरमा मानव बली समेत हुने गरेको कतिपय बुढापाकाहरू बताउँछन् । तर एक पटक एउटी महिलाको एक मात्र छोरो भएकाले उनले बरु छोराको ठाउँमा राँगो बलिदिने भनि अनुनय विनय गरेपछि राँगा र बोकाको बलिदिने गरिएको सुन्नमा आएको बुढापाकाहरूको भनाई छ । स्थानीय कृषि उपज सामाग्रीको किनबेच तथा आफन्तजन सँगको भेटघाट हुने भएकाले पनि मेलामा जाने गरेका छन् । 

उग्रतारा मन्दिर देवीको मन्दिरका रुपमा रहेको र यो नामको मन्दिर अरू कांहीपनी नभएको जानकार हरू बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button