तपाईँ सुन्दै हुनुहुन्छः

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने

काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमा गरी कुल रु नौ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकको भनाइ छ । त्यस्तै जुनियरमा भने प्रोत्साहनस्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । यही कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button