नयाँ नोट साट्ने सुविधा भोलिसम्म
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कबाट भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले भोलि शुक्रबार सम्म पाउने भएका छन् ।
गत सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात् कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन् ।
नयाँ नोटका लागि काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैङ्क र वाणिज्य बैङ्कहरूले तोकेको शाखाबाट सटही भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्