तपाईँ सुन्दै हुनुहुन्छः

‘नई उपकार कोष’ को स्थापना

काठमाडौँ । नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । 

कोषका लागि बैङ्कमा  दस लाख रुपियाँको अक्षयकोष राखिएको छ । उपकार कोषलाई बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले  दाताहरूसँग आह्वान समेत गरेको छ ।

नइ प्रकाशनको  बैठकले सो निर्णय गरेको  र यसबाट आर्थिक अवस्था कमजोर भएका लेखकलाई उपचार तथा कृति बाहिर ल्याउन सहयोग पुग्ने नई एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button