तपाईँ सुन्दै हुनुहुन्छः

जनताको सुरक्षा र दुर्घटना न्युनिकरण गर्ने दायित्व प्रहरीको जिम्मेवारी हाे : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरिले चाड पर्वमा हुन सक्ने चोरी डकैती तथा दुर्घटना न्यूनीकरणमा जिम्मेवार भएर लाग्न प्रहरीलाई आग्रह गर्नु भएको छ

चार्ड पर्वका बेला हुन सक्ने जोखिम तथा दुर्घटना न्यूनीकरण गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहने भन्दै मुख्यमन्त्री चौधरिले जनतालाई सुरक्षा दिने काम प्रहरीको भएको भन्दै बडा दशैले त्यो शक्ति प्रदान गरोस् भन्ने कामनाका साथ शुभकामना समेत दिनुभयो ।

हिन्दुहरूको महान् चार्ड बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा ससत्र प्रहरी बल नम्बर नेपाल २९ हेटक्वाटर ज्वालामाई गण भालुवाङले सोमबार साझ आफ्नै क्याप्प भित्र आयोजना गरेको शुभकामना आदानप्रदान तथा बडा भोज कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हाे ।

गणका एसपी गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button