तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको भोलि बस्ने बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गर्नुभएको हो । 

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button