तपाईँ सुन्दै हुनुहुन्छः

कबड्डीतर्फ कास्य पदक विजेता खेलाडीलाई सांसद चौधरीको सम्मान

नवलपरासी । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक जिताउने खेलाडीलाई सम्मान गर्नुभएको छ । सोमबार नवलपरासीको बर्दघाटमा एक कार्यक्रमका बीच महिला कबड्डी टिमकी राष्ट्रिय खेलाडी सृजना कुमारी थारुलाई सम्मान गर्नु भएको हो । महिला कबड्डी टिमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको हो ।

सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी १ की बासिन्दा थारु राष्ट्रिय महिला कबड्डीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्रै खेलाडी हुन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. २ प्रसौनी निवासी थारुलाई सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीले सम्मान गर्दै खेलजीवनको सफलताको शुभकामना व्यक्त गर्दै नवलपरासी को खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“खेलमार्फत नवलपरासी जिल्लालाई मात्रै नभएर सिङ्गो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,” सांसद चौधरीले भन्नूभयो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल पनि नवलपरासी बर्दघाटका हुन् । यसअघि सांसद चौधरीले कप्तान रोहितलाई पनि बर्दघाटमा सम्मान गरेका गर्नुभएको थियो।

नवलपरासीको खेल क्षेत्रको विकासका लागि सांसद चौधरीले पूर्वाधार विकासदेखि खेलाडीका लागि आवश्यक खेल सामग्री उपलब्ध गराउँदै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button