बर्दियामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
बाँके ।बर्दियामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
आइतबार राति करिब ७ बजे बर्दियाको गुलरिया नगरपालिका ११ का ६० वर्षीय इस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो।
घाइते भएका खाँलाई उपचारका लागि बाँकेको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो।
उहाँले भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका ९ का सुकदेव थारुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जनाउनु भएको छ।








प्रतिक्रिया राख्नुहोस्