तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बिहानै जीप दुर्घटना, ४जना यात्रुहरूलाई चोटपटक

बैतडी । बैतडीको पाटन नगरपालिका–६ हिरापूर नजिक मोडमा जीप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको मकरीगाडका लागि हिँडेको म १ ज २६० नम्बरको जीप बिहान साढे ५बजे दुर्घटना भएको हो ।

जिपमा सवार ४ जना यात्रुहरूलाई सामान्य चोटपटक लागेको छ । अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान् करबिरसिंह बोहरा अन्य २ यात्रुहरू सामान्य घाइते भकाएछन् । यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्कीको टाउकोमा चोट लागेको छ भने, उनकी श्रीमतीलाई सामान्य चोट लागेको छ ।

जीप ७जना यात्रु बोकेर हिजो साँझ धनगढीबाट हिँडेको थियो । सडक पेटीमा रोकिएका कारण दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button