तपाईँ सुन्दै हुनुहुन्छः

‘थामी समुदायको जीवनस्तर उठाउन सबैको पहल आवश्यक’

दोलखा । सभामुख देवराज घिमिरेले राजनीतिक दल र नेताहरूको मुख्य ध्येय देश बनाउने भए पनि त्यसमा सफलता मिल्न नसकेको बताउनुभएको छ ।

file photo

दोलखाको विगु गाउँपालिका–५ चिलंखामा नेपाल हेल्पको सहयोगमा निर्माण भएको चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटनको क्रममा सभामुख घिमिरेले भन्नुभयो–‘राजनीतिक दल र नेताहरूको मुख्य ध्येय देश बनाउने नै हो तर आर्थिक, सामाजिक लगायत सबैखाले विकासको लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था छ ।’

सभामुख घिमिरेले दोलखामा रहेको ऐतिहासिक थामी समुदायको जीवनस्तर उकास्न सरोकारवाला सबैले चासो दिनुपर्ने बताउनुभयो ।

चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रवीण खड्काको अध्यक्षमा सम्पन्न स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य ईश्वरी रिजाल, बागमती प्रदेश सदस्य भरत बहादुर केसी र ठूला थामी, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र निर्माणको लागि नेपाल हेल्पले तीन करोड रुपैयाँ सहयोग गरेको स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रवीण खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button