शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभामा पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक, २०८० पेश भएको छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक २०८० पेश गर्नु भएको हो ।
बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको तर्फबाट शिक्षामन्त्री राईले प्रस्तुत गर्नुभएको विधायन सम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले समितिको आर्थिक वर्ष २०७९८० को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।
यस्तै सभाले रमेशजंग रायमाझीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी नामावली सहितको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
संशोधन मस्यौदा गठन सम्बन्धी प्रस्ताव समितिमा सांसदहरु अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्र नारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), भैरव सुन्दर श्रेष्ठ, मदन कुमारी शाह (गरिमा), महेश कुमार महरा, मोहम्मद खालिद, डा, विमला राई पौड्याल, शेखर कुमार सिंह, सुरेशकुमार आले मगर रहनु भएको छ ।
संशोधन मस्यौदा गठन सम्बन्धी प्रस्तावको समर्थकमा सांसदहरु देवेन्द्र दाहाल र गोपीबहादुर अछामी रहनु भएको छ ।
समितिले राष्ट्रिय सभा र समितिलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा सभा तथा समिति सञ्चालनमा देखा परेका कठिनाइहरू पहिचान गरि संशोधन मस्यौदा तयार गरी सभामा पेश गर्ने कार्यादेश दिइएको छ ।
समितिलाई पुस १४ गतेसम्मको समयसीमा दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्