तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैशी निर्वाचित

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्वाचित हुनु भएको छ । अध्यक्षमा जैशी सहित पाँचै जना पदाधिकारी सर्वसम्मत चयन हुनु भएको छ ।

निर्वाचन कमिटीका अनुसार एमाले प्रदेश कमिटी अध्यक्षमा जैशी निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै प्रदेश उपाध्यक्षमा काली बहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिव ९खुला० नरबहादुर बिक र उपसचिव (महिला) मा भागरथी बिष्ट तिमिल्सेना निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै लेखा समिति अध्यक्षमा राजेन्द्रसिंह सामान्त सहित उपाध्यक्ष, सचिव र २ जना सदस्य निर्विरोध निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन कमिटीले जनाएको छ  ।

यस अघि प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एमाले प्रदेश पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् । सहमतिका लागि नेताहरू निरन्तर छलफल, संवादमा जुटेका थिए । 

पदाधिकारीमा निर्विरोध भएपनि सदस्यहरूका लागि मतदान शुरु भएको छ । धनगढीको रिद्धिसिद्धि प्यालेसमा आज दिउँसोदेखि सदस्य पदका लागि मतदान शुरु भएको निर्वाचन कमिटीले जनाएको छ ।

असोज २१ गते देखि धनगढीमा शुरु भएको एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ७५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button