तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट सुर्खेत तर्फ जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट राप्ती गाउँपालिका २ भालुवाङ पुल चाेकवजारमा व्यापार गर्दै आउनु भएका कपिलबस्तु बाणगंगा नगरपालिका—४ का अन्दाजी बर्ष २४ का विजय खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बिहीबार करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्नेक्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक खनालको शव पोष्टमार्टमका लागि घोराही पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button