तपाईँ सुन्दै हुनुहुन्छः

पदक विजेता खेलाडीहरुसँग प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा आयोजित १९ औं एसियाली खेलकूद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बधाई दिँदै आगामी दिनका लागि पनि शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा महिला सहभागिताको लागि आफूले बधाई दिएको उल्लेख गर्दै अहिले महिलाले नै मेडल ल्याएको र रेकर्ड बनाएको बताउनुभयो ।

खेलाडीको प्रोत्साहनको लागि रकम दिने घोषणा गरी नियमावली पास गरेकामा आजको मन्त्रिपरिषदको बैठकले निकासाका लागि निर्णय गरेको जानकारी दिनुभयो । आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिनुभयो ।

भेटमा सहभागी खेलाडीहरुले प्रधानमन्त्री नै कार्यक्रमस्थलमा पुगेर आफूहूरु उत्साहित बनेको बताउँदै आफूहरूले व्यक्तिगत रेकर्डका लागि भन्दा पनि राष्ट्र सम्झेर खेलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button