तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली विद्यार्थीहरूको उद्धारकाे लागि नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरूलाई बोलाई  त्यसको जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले कुनै हालतमा आज जहाज पठाउन निर्देशनसमेत दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनपछि आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउने निर्णय भएको उहाँको सचिवालयले जनाएको छ ।

आज राति ११:०० बजे नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलबाट इजरायल प्रस्थान गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button