तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा होमस्टे सञ्चालनको तयारी

धनकुटा । धनकुटामा पर्यटकलाई मध्यनजर गर्दै ठाउँठाउँमा होमस्टे (घरवास) सञ्चालनको तयारी गरिएको छ । धनकुटा नगरपालिकामा २ सामुदायिक र ३ एकल होमस्टे सञ्चालनको तयारी गरिएको हो। धनकुटा नगरपालिका वडा नं. ३ सिप्तीङमा र वडा नं. ८ खाम्बेलामा सामुदायिक होमस्टेको तयारी गरिएको हो भने एकल तर्फ वडा नं. ६ मा कचिडे, वडा नं. ४ मा नुनथला र वडा नं. १ मा राई र श्रेष्ठ होमस्टेको तयारी गरिएको हो । 

धनकुटा नगरपालिका क्षेत्रमा ती होमस्टे सञ्चालन गर्ने तयारीका साथ हाल धमाधम कामहरू भइरहेका छन्। सामुदायिक होमस्टे छुट्टै दर्ता गर्नुपर्ने प्रावधान रहेकाले सोअनुसार प्रक्रिया सुरु गरिएको छ । 

सामुदायिक होमस्टे सञ्चालनको लागि ५ वटा घरमा होमस्टे सेवा सञ्चालन गर्ने गरी दर्ताको प्रक्रिया अघि बढाएको छ। होमस्टे सञ्चालनको लागि इसिमोडको सहयोगमा हुसाडेक नेपालले धनकुटामा होमस्टे सञ्चालन सम्बन्धि तालिम सञ्चालन गरेको तयारी गरेकालाई सहज भएको हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले बताउनु भयो ।  

होमस्टेमा स्थानीय उत्पादनका परिकार मुख्य विशेषता हुने भएको छ। होमस्टेको विशेषताअनुसार अर्ग्यानिक स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता सञ्चालनको तयारी गरिरहेकाहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button