तपाईँ सुन्दै हुनुहुन्छः

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिने भएको छ ।

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिन लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

गत शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी र यातायात व्यवसायीहरूको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button