विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते
वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवाविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका छन् ।
विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्टास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवा लगायत पठनपाठनको विषयलाई लिएर विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका हुन् ।
घाइते विद्यार्थीमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सरुवा गरिएका शिक्षकलाई पुन फिर्ता बोलाउनुपर्ने मागसहित कक्षा ९ देखि १२ सम्मका विद्यार्थी विद्यालय घेराउ गर्न गएका थिए ।
प्रतिक्रिया राख्नुहोस्