तपाईँ सुन्दै हुनुहुन्छः

एमाले उपत्यका विशेष प्रदेशको अध्यक्षमा पराजुली सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुलीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्यीय कमिटी बनेको हो ।

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलेन धरेल, उपसचिवद्वयमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका छन् ।

गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध उपत्यका प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएका हुन् । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button