‘द्वन्द्व थप चर्किन’ नदिन संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह
संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गर्नुभएको छ ।
“संयुक्त राष्ट्रसङ्घको महासचिवका हैसियतमा मैले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयासगर्न आग्रह गर्दछु,” गुटेर्रेसले भन्नुभयो, दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम हो ।”
प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणहरूमा सयौँ व्यक्ति हताहत भएका छन् ।
हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ ।एएफपी








प्रतिक्रिया राख्नुहोस्