तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा पिकप गाडी सहित २७ क्विन्टल अबैध चिनी बरामद

नवलपरासी।प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको २७ क्विन्टल चिनी आज बिहान बरामद गरेको छ ।

५४ वटा बोरा चिनी लु ३ च ४९६६ नम्बरको पिकप गाडिमा ल्याउदै गरेको अवस्थामा रामग्राम -८ परासीस्थित भैंसी बजारबाट चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।

चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको १ लाख २९ हजार ६ सय मूल्य बराबरको को चिनी पिकप सहित आवस्यक कारबाहीका लागि भैरहवा भन्सार पठाईएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button