मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राति दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ स्थित सडकमा म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने २५ वर्षीय गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको थियो । अर्को मोटरसाइकलका चालक २० वर्षीय सुमन खुना भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारत पठाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्