तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय इलाम चौथो 

इलाम । देशभरिका जिल्ला प्रशासन कार्यालय मध्ये जिल्ला प्रशासन कार्यालय इलाम चौथो भएको छ । 

जिल्ला प्रशासन कार्यालय इलाम गत आर्थिक वर्ष २०७९÷०८० मा कार्य सम्पादन मूल्याङ्कनमा देशभरिमा चौथो भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष हुने कार्यसम्पादन सम्झौताको कार्यान्वयनको मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विभिन्न सूचकहरूको आधारमा इलाम चौथो बन्न सफल भएको हो ।

श्रवण कुमार पोख्रेल इलाममा नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएपछि इलामका नागरिकले जिल्ला प्रशासन कार्यालय इलामबाट निक्कै राम्रो र उच्च सेवा लिएका छन् । 

प्रमुख जिल्ला अधिकारीका रुपमा गएको ०७९ माघ १५ गते इलाम आउनु भएको  श्रवण कुमार पोख्रेलले कार्यालयमा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले महसुस गर्ने गरी काम भएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलाममा विद्युतीय फारम कार्यालयले नै निःशुल्क  भरिदिने गरेको छ । यसबाट बिचौलिया रहित सेवा प्रवाह भएको छ त्यस अगाडी नगद ५ सय देखि एक हजार सम्म तिरेर अनलाइन फारम भर्ने गरेका थिए ।

एकै दिनमा सेवाको ग्यारेन्टी, तयारी राहदानी र राष्ट्रिय परिचय पत्र कार्ड  जुनसुकै दिन वितरण हुने  व्यवस्थाको सुरु गरेका थिए । कार्यालय समयमा कहिल्यै ५ नबज्ने व्यवस्था गरेको छ । अर्थात् सिफ्ट व्यवस्था गरेर सेवाग्राहीलाई ५ बजे पछि पनि काम सकेर घर पठाउने व्यवस्था गरेको छ ।

पोख्रेलले नागरिकता , राष्ट्रिय परिचय पत्र र राहदानीको ३ वटै सेवा एकै दिनमा दिने सेवाको सुरुवात समेत गर्नु भएको छ  ।

पोखरेल इलाममा प्रमुख जिल्ला अधिकारीको रुममा इलाममा आउनु भएपछि  ईलाका प्रशासन कार्यालय पशुपतिनगर र सीमा प्रशासन कार्यालय मगँलबारेलाई सबै अधिकार प्रत्यायोजन गर्नु भएको छ ।

यसबाट जिल्ला प्रशासन कार्यालय इलामबाट पार्ने  सेवाका लागि सदरमुकाम धाउनै नपर्ने व्यवस्था मिलाएको पोख्रेलले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा कारागारमा बन्दिको सहकारी  पसल सञ्चालनको नौलो अभ्यास भएको छ ।

प्रजिअ पोख्रेलले बजार अनुगमनलाई समेत प्राथमिकता दिनु भएको छ । निःशुल्क अस्पतालमा मात्र पाईने औषधी निजी फार्मेसिमा बेच्ने  फार्मेसीलाई २ लाख जरिवाना गरेर कार्बाही गर्नु भएको छ । कानून विपरीत ग्यास बेच्ने पसललाई ५ हजारका दरले जरिवाना गरि उपभोक्ताको अनुकूल बजारको व्यवस्था समेत भएको छ ।

प्रजिअ पोख्रेलले यो आफ्नो मात्र नभएर सबै टिम र १० वटै पालिकाको साथमा भएको भन्दै आगामी दिनमा पनि मेहनतका साथ काम गर्ने बताउनु भयो ।

कार्य सम्पादन मूल्याङ्कनमा देशभरिमा जिल्ला प्रशासन कार्यालय गुल्मी प्रथम जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम दोस्रो र जिल्ला प्रशासन कार्यालय रुपन्देही तेस्रो भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button