तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल अनुगमन र मूल्याङ्कन गर्न सरकारसँग माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वको मुखमा कालोबजारी बढेको भन्दै तत्काल अनुगमन र मूल्याङ्कन गर्न सरकारसँग माग गर्नुभएको छ ।

बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले कालोबजारी नियन्त्रण, चाडबाडका समयमा उपत्यकाबाट बाहिरिने यात्रुहरूका लागि पर्याप्त सवारी साधनको व्यवस्था गर्नुपर्ने, गाउँ गाउँ जाने बाटो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले जातीयता र धार्मिकताको नाममा सुरु भएको हिंसा नियन्त्रणका लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले प्रस्तुत गर्नुभएको “विद्यालय शिक्षा विधेयक २०८० माथिको सामान्य छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button