तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र स्विडेनका राजदूत थेस्लेफबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपालका लागि स्विडेनका नवनियुक्त गैरआवासीय राजदूत यान थेस्लेफबीच आज शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र राजदूत थेस्लेफले आगामी दिनमा नेपाल र स्विडेनबीचको  सम्बन्धलाई थप सुदृढ बनाउन जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button