कोहलपुरका विद्यालयका छात्राहरूलाई आत्मरक्षा तालिम

बाँके । कोहलपुरमा विद्यालयका छात्राहरूका लागि आत्मरक्षा तालिम सुरु गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद बिकास समितिको समन्वयमा माध्यमिक तहका छात्राहरूका लागि आत्मरक्षा तालिम सुरु गरिएको हो ।
खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै कोहलपुरका सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम आयोजना गरिएको कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले बताउनुभयो।
समाजमा महिला प्रति विभिन्न दुर्व्यवहार बढ्दै गएको कारण यसको न्यूनीकरण तथा खेलकुदमा महिलाहरूको रुचि बढाउनका लागि छात्राहरूका लागि आत्मरक्षा तालिमको आयोजना गरिएको नगर खेलकुद बिकास समितिका संयोजक बुद्धि बहादुर थापा मगरले बताउनुभयो ।

तालिममा २५ किसिमका आइटमहरू सिकाइने केटिएफ कुरोदय सेल्फ डिफेन्स सिकाइले थापाले बताउनु भयो।
कार्यक्रममा सहभागीहरूले महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको उल्लेख गरे । ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागिता खासै नदेखिने हुँदा यस किसिमको कार्यक्रम खेल क्षेत्रमा महिलाको क्षमता बढाएर उनीहरूलाई निर्णायक तहमा पुर्याउन कार्यक्रमले सहयोग गर्ने बताइएको छ ।
कार्यक्रममा कोहलपुर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल ,श्री सगरमाथा ज्ञानपुन्ज विद्यालयका प्रधानाध्यापक मोहन चौधरी, नेपाल शिक्षक संघका अध्यक्ष दिपक कुमार मल्ल लगायतको सहभागिता रहेको थियो भने करिब ५०० जना छात्राहरूले आत्मरक्षा सम्बन्धीको तालिम लिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्