तपाईँ सुन्दै हुनुहुन्छः

१९ औँ एसियाली खेलकुदमा नेपालले एक काश्य पदक जित्ने पक्का

काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले एक काश्य पदक पक्का गरेको छ ।

नेपालले महिला कबड्डीमा कम्तीमा काश्य पदक पक्का गरेको हो । पहिलो सहभागितामै महिला कबड्डीले नेपाललाई पदक दिलाउन सफल भएको छ ।   

समूह बी मा इरानले बङ्गलादेशलाई पराजित गरेपछि नेपालले सेमिफाइनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो । बुधबार बिहान भएको खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

समूह बी मा इरान समूह विजेता र नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका छन् । नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले पराजित गरेको थियो भने दोस्रो खेलमा इरानसँग ४३–१९ ले पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button