तपाईँ सुन्दै हुनुहुन्छः

बेगनास तालमा एक युवाको शव भेटियो

पोखरा ।पोखराको बेगनास तालमा एक युवाको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं.३१ अलैँची कुना स्थित बेगनास तालमा तैरिएको अवस्थामा एक पुरुष युवाको शव भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको ७ जनाको टोलीले उक्त शव तालबाट बाहिर निकालेको थियो । स्थानीयले तालमाथि कुनै व्यक्ति तैरिएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरे पछि प्रहरीको टोली बेगनास तालमा शव निकाल्न पुगेको थियो ।

तालमा भेटिएका व्यक्तिले बोकेको कालो झोला भित्र रहेको नागरिकता अनुसार जिल्ला प्युठान मलरानी गा.पा. वडा नं.४ बस्ने २२ को अनिस श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भई रहेको कास्कीका डिएसपी श्रवण कुमार बि.क.ले बताउनुभयो ।

उक्त शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button