द्वन्द्वग्रस्त दक्षिण सुडानका गभर्नर दामियान बर्खास्त, एलिक गाराङलाई नयाँ जिम्मेवारी
जुबा, दक्षिण सुडान ।दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले केन्द्रीय बैंकका गभर्नर जोनी ओहिसा दामियानलाई सोमबार साँझ बर्खास्त गरी जेम्स एलिक गाराङलाई उक्त पदमा नियुक्त गर्नुभएको छ ।
राज्य सञ्चालित साउथ सुडान ब्रोडकास्टिङ कर्पोरेसनमा प्रसारण गरिएको आदेशमा कीरले केन्द्रीय बैंकका दुई उप गभर्नरहरू अदिस अबाबा ओथो र जोन मासिक एकुओथलाई बर्खास्त गर्दै उनीहरूको स्थानमा पनि नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको छ ।
केन्द्रीय बैंकमा नियुक्त हुनुअघि गाराङ अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो । अर्को एक आदेशमा कीरले राष्ट्रिय राजस्व प्राधिकरणका आयुक्त जनरल अथियान डिइङ अथियानलाई बर्खास्त गर्दै उहाँको स्थानमा डेपुटी अफ्रिकनो मण्डे गेडिमालाई नियुक्त गर्नुभएको छ ।एएफपी








प्रतिक्रिया राख्नुहोस्