एमाले गण्डकी प्रदेशको अधिवेशन : निर्वाचन तालिका सार्वजनिक

पोखरा । एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । सोमबारदेखि पोखरामा सुरु भएको अधिवेशनले नयाँ समिति चयन गर्नेछ । सोही अनुसार एमाले प्रदेश समिति पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । समितिले मतदाता नामावली पनि प्रकाशन गरिसकेको छ ।
पदाधिकारी र सदस्य पदका लागि ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् ।
साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७ः३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७ः३० देखि ८ः३० सम्म गर्नेछ । राति ८ः३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ । बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ ।
बुधबार १०बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्