तपाईँ सुन्दै हुनुहुन्छः

धरानलाई हराउँदै जलपाइगुडी क्वाटर फाइनलमा

मानेभञ्ज्याङ । सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।

जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्त्वना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरूको बाहुल्यता रहेको थियो ।

प्रतियोगिताको दोस्रो प्रि–क्वाटर फाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ ९ असोज २८० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख ९भारु ५ लाख० र उपविजेताले ४ लाख ९भारु २ लाख ५० हजार ० प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका वर्षहरूदेखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button