पुरुष क्रिकेटमा नेपालले क्वाटर फाइनलमा भारतसँग खेल्ने

काठमाडौँ I उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ ।
नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटर फाइनलमा नेपाल र भारतबिच मङ्गलवार बिहान प्रतिस्पर्धा हुने भएको छ ।
अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो । एक दिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतसँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्