तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कर्णाली अधिवेशनको मतगणना शुरु

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना कार्य शुरु भएको छ ।

आज बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि हिजो दिउँसो १ बजेदेखि मतदान भएको थियो ।

कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकाया उम्मेदवार हुनुहुन्छ ।

उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button