तपाईँ सुन्दै हुनुहुन्छः

जेसिबि दुर्घटना हुँदा सहचालकको मृत्यु

रोल्पा । रोल्पाको भदौरे मन्दिर नजिकैको घुम्तीमा रा १ ज ११८७ नम्बरको जेसिबि दुर्घटना हुँदा सहचालक अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

राप्ती गाउँपालिका दाङबाट रोल्पाको लिबाङ जाँदै गरेको जेसिबि सातदोबाटो लिबाङ सडक खण्डको भदौरेमा दुर्घटना भएको हो । मृतक चौधरी दाङको राप्ती गाउँपालिका–३ मसुरीयाका हुन् । चालक सुमन चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button