तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्रीको भ्रमण नेपाल–चीन सम्बन्धमा नयाँ आयाम’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको जनाएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीच रहेका शङ्का निवारण भएको र आर्थिक सहायता तथा नवीन प्रविधिको हस्तान्तरण सम्बन्धी दीर्घकालीन महत्वका सम्झौताहरू भएको बताउनुभयो ।

file photo

प्रवक्ता सापकोटाले चीनमा भएका उच्च स्तरीय भेटवार्ताका क्रममा नेपाल र चीनले सामना गरिरहेको भूराजनीतिक जटिलता सामना गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाउनुले दुई देशको सम्बन्धलाई थप विश्वसनीय बनाउने बताउनुभयो ।

प्रवक्ता सापकोटाले वर्तमान सरकार जनताको दैनिक जीवनमा महसुस हुने गरी सुशासन कायम गर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने तथा आर्थिक परिवर्तन सहितको सामाजिक न्याय स्थापित गर्ने दिशामा क्रियाशील रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button