तपाईँ सुन्दै हुनुहुन्छः

डाक्नेश्वरी नगरपालिकाका वडा अध्यक्षको निधन

सप्तरी । सप्तरीमा एक जना वडा अध्यक्षको निधन भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको हो ।

लामो समयदेखि पक्षघात (प्यारालाइसिस) बाट पीडित ६५ वर्षीय वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको नगर प्रमुख राम लखन मलाहले जानकारी दिनुभयो ।

वडाध्यक्षको निधनको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा बिदा दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button