एकले अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एकले अर्काको अस्तित्व स्वीकार गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार नमुवा गोत्यार समाजको केन्द्रिय अधिवेशनको टीकापुरमा उद्घाटन गर्दै उहाँले समाजमा विभिन्न समुदाय तथा जातजातिका नागरिकहरूको बसोबास रहेकाले एकले अर्काको अस्तित्व स्विकार्नुको विकल्प नभएको बताउनुभयो ।
मुख्यमन्त्री शाहले सबै जाति समुदायको हक अधिकार, संस्कार, संस्कृतिको जगेर्ना गर्ने प्रदेश सरकारको दायित्व भएकोले नीतिगत रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले समुदायमा एकले अर्कालाई बुझ्न नसक्दा दुर्घटना निम्तन सक्ने भएकाले त्यसमा सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्