तपाईँ सुन्दै हुनुहुन्छः

बारामा अति विपन्न धानुक र मुसहर जातिलाई घर र नगद हस्तान्तरण

बारा । बाराको नागौलका अति विपन्न धानुक र मुसहर जातिलाई २० वटा पक्की घर र नगद १० हजार हस्तान्तरण गरिएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ नागौलमा  निःशुल्क आवासको व्यवस्थापन प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजी गुठिले गर्दिएको हो । बर्खामा हावा पानी र हिउदामा ठण्डीले पिरोलिएका धानुक र मुसहर जातीहरू घर पाएपछि निकै खुसी देखिएका थिए । 

नगौलमा २० जना दलितको लागि निर्माण गरिएको घर शुक्रबार प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजी गुठीको अध्यक्ष राजि राना र मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले संयुक्त रुपमा दलित समुदायका २० जनालाई हस्तान्तरण गर्नुभएको हो । 

दलितहरूका लागि प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजी गुठिले ७ कठा १२ धुर जमिन किनेर प्रत्येक घर २२ देखि २५ लाखको लागतमा वडाको पहलमा सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ६ का वडा अध्यक्ष कैमुदीन अन्सारीले बताउनुभयो  ।

प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजी गुठिले मधेश प्रदेशमा अति विपन्न रहेका दलितहरूको लागि अझै घर निर्माणको प्रक्रिया अगाडि बढाएको समेत जनाएको छ । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजी गुठिले पहिला देखी नै नेपालको अति विपन्न दलित समुदायको घर निर्माण देखि लिएर मठ मन्दिर निर्माण जस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button